aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विदेशबाट नेपाल आउँनेलाई थप कडाइ, कोषको खर्चमा उद्धार गरिएकाको खर्च सरकारले बेर्होने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ भदौ २०७७
विदेशबाट नेपाल आउँनेलाई थप कडाइ, कोषको खर्चमा उद्धार गरिएकाको खर्च सरकारले बेर्होने

काठमाडौं । विदेशबाट नेपाल आउने नेपालीले थप नयाँ नियम पालना गर्ने पर्ने भएको छ । शुक्रबार मन्त्रिपरिषदले नियमित उडानबाट आउनेले जहाज चढ्नुभन्दा ७२ घन्टाभित्रको पिसिआर निगेटिभ भएको प्रमाणपत्र पेश गर्न पर्ने नियम बनाएको छ ।

उक्त प्रमाण कोभिड(१९ सङ्‌कट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन फर्म भरेर सोको द्यबचअयमभ वा प्रिन्ट कपी र कम्तीमा सात दिन होटल क्वारेन्टिनमा अनिवार्य बस्ने गरी होटल बुकिङ्गको प्रमाण साथमा लिई आउने शर्तमा उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले प्रकाशन गर्न पर्ने सरकार प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराएका छन् । 

त्यस्तै पिसिआर निगेटिभ भएको प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्ने व्यवस्था मिलाइने प्रवक्त डा. खतिवडाले जनाए । 

 होटल क्वारेन्टिनमा बस्नु पर्नेगरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टिनमा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्च समेत सम्बन्धित यात्रुबाट लिनु पर्ने नियम बनाएको छ । यसरी उठाइएको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित होटललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एअरलाइन्सले गर्ने छ । 

 नियमित उडानमा पिसिआर परीक्षण नगराएका, होटल बुकिङ्ग नगरेका वा अन्य शर्त पूरा नगरेका कुनै यात्रुहरू लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रचलित कानूनबमोजिम कारबाही गरिने प्रवक्ता डा खतिवडाले जानकारी गराएका थिए । 

 वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरू बाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिकहरू काठमाडौं उपत्यका भित्रका होटलमा आफ्नै खर्चमा कम्तीमा ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छ । तर पिसिआर निगेटिभ मात्र भएका उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्ने छ । 

 एउटै उडानमा पिसिआर निगेटिभ भएका र पिसिआर परीक्षण नभएका व्यक्तिलाई मिसाएर ल्याउन नपाइने भएको छ । पिसिआर निगेटिभ भएका र पिसिआर परीक्षण नभएका व्यक्तिलाई एउटै उडानबाट ल्याएमा सबै यात्रु होटल क्वारेन्टिनमा बस्नु पर्ने र होटल क्वारेन्टिनमा लागेको खर्च सम्बन्धित एअरलाइन्सले नै व्यहोर्नु पर्ने प्रवक्ता डा खतिवडाले बताएका छन् । 

 यस व्यवस्थाको प्रतिकूल हुने गरी एअरलाइन्सले कुनै काम कारवाही गरेको पाइएमा प्रचलित कानूनबमोजिम सम्बन्धित एयरलाइन्सलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारबाही गर्ने छ। 

 उद्धार उडानबाट पिसिआर परीक्षण नगरी अन्य परीक्षण गरेर नेपाल आएका व्यक्तिहरू आफ्नै खर्चमा कम्तीमा सात दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जिल्ला कोभिड १९ सङ्‌कट व्यवस्थापन केन्द्रबाट सूचीकृत होटलमा अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने छ । यसरी आएका व्यक्तिहरूलाई क्वारेन्टिनमा बसेको ५ दिनपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउने र नतिजा निगेटिभ आएमा थप ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरी जान दिने छ । 

 जिल्ला कोभिड १९ सङ्‌कट व्यवस्थापन केन्द्रबाट होटल क्वारेन्टिनका लागि सूचीकृत होटलहरूको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस परराष्ट्र मन्त्रालयस नेपाल नागरिक उड्‍डयन प्राधिकरण र कोभिड १९ सङ्‌कट व्यवस्थापन केन्द्रको वेबसाइटमा सार्वजनिक गर्ने जनाएको छ । त्यस्तै  विदेशस्थित सबै नेपाली नियोगहरू तथा सम्बन्धित सबै वायुसेवाहरूलाई जानकारी गराउने छ । 

यता जिल्ला प्रशासन कार्यालयले नेपालमा होटलको सूची सार्वजनिक गरेको छ । ५ चारे होटलको ९ हजारदेखि सामान्य होटलको १८ सयसम्म शुल्क लाग्ने होटलको सूची सार्वजनिक गरेको छ । होटलमा सात दिन क्वारिुनटीनमा बस्नका लागि होटलको बुकिंग स्लिप सहित विदेशमा रहेका नेपालीले दूतावासमा सम्पर्क गर्न मन्त्रीपरिषदको निर्णयमा भनिएको छ  । 

प्रतिक्रिया दिनुहोस