
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा भदौ २६ गते हुने भएको छ । कम्पनीको भदौ २ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्डको कार्यालय, विरगञ्ज , पर्सामा विहान ११ बजे उक्त सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले आव्हान गरेको सभाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ के वार्षिक प्रतिवेदन पारित गर्नुका साथै शेयर स्वामित्व संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशतमा परिणत गर्नेछ । हाल कम्पनीमा संस्थापकतर्फ ८० र सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व रहेको छ । यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
सभाले संचालक समूहमा रिक्त रहेको एक सञ्चालक पदमा बाँकी कार्यकालीका लागि गरिएको नियुक्तीलाई अनुमोदन गर्ने र संस्थापक शेयरधनीहबाट ४ जना संचालकमा निर्वाचन समेत गर्नेछ । यस साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस