aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बढ्यो तरकारीको भाउ, यस्तो छ कालिमाटीमा बजारमूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
बढ्यो तरकारीको भाउ, यस्तो छ कालिमाटीमा बजारमूल्य

काठमाडों । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै तरकारीको भाउ अकासिन थालेको छ । कालिमाटीको थोक बजारमा नै प्राय सबैखालका तरकारीको मूल्यमा वृद्धि भएको छ । 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडा, परवल, बोडी, बन्दा, रातो आलुलगायत तरकारीको मूल्य बढ्न थालेको छ।

कालिमाटी बजारको थोक मूल्य विवरणअनुसार निषेधाज्ञाअघि गोलभेँडाको औसत थोक मूल्य ४७ रुपैयाँ प्रतिकिलो रहेको थियो भने आइतबार बिहान औसतमा ६७ रुपैयाँमा बिक्री भएको छ । त्यस्तै, निशेषज्ञा अघि ६५ रुपैयाँ रहेको परवलको मूल्य अहिले बढेर ९८ रुपैयाँ पुगेको छ । बोडी ६५ रुपैयाँ रहेकोमा १०५ पुगेको छ भने ३८ रुपैयाँ रहेको बन्दाको मूल्य अहिले बढेर ४८ पुगेको छ । 

यस्तो छ आइतबारको थोक मूल्यसूचि

प्रतिक्रिया दिनुहोस