aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लिवर्टी ईनर्जीको आईपीओमा आवेदन दिने आइतवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
लिवर्टी ईनर्जीको आईपीओमा आवेदन दिने आइतवार अन्तिम दिन

काठमाडौं । भदौ ३ गतेदेखि सार्वजनिक निष्कासनमा आएको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने भदौ ७ गते आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर विक्री खुला गरेको हो । यस अघि पहिलो चरणमा आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो । 

आयोजना प्रभावित स्थानियका लागि कम्पनीले साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २४ गते बाँडफाँट गरेको हो । स्थानियलाई जारी गरिएको मध्य विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वसाधारणमा आईपीओ विक्री गर्न लागिएको हो ।

यस कम्पनीको शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ  १०० रुपैयाँ रहेको छ । 

सर्वसाधारणका लागि पनि शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । चुक्तापूँजीमा संस्थापक तर्फ ७५ प्रतिशत , सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व रहनेछ । कम्पनीले पहिलो आयोजना लमजुङ जिल्लामा निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस