aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समाज लघुवित्त र रिलायन्सको आईपीओ भर्ने सोमबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
समाज लघुवित्त र रिलायन्सको आईपीओ भर्ने सोमबार अन्तिम दिन

काठमाडौं । भदौ ४ गतेदेखि विक्री खुला भएको रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने भदौ ८ गते सोमवार अन्तिम दिन रहेको छ । समाज लघुवित्तले ८० हजार ७०० कित्ता र रिलायन्स लाइफले ५६ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेका हुन । प्राथमिक बजार पूर्ण प्रविधिमैत्री बनिसकेको अवस्थामा उपत्यकामा भदौ ४ गतेदेखि जारी निषेधाज्ञाका विच पनि दुवै कम्पनीहरुले आईपीओ विक्री खुला गरेका हुन । रिलायन्स लाइफको विक्री प्रबन्धक सानिमा क्यापिटल र समाज लघुवित्तको सिद्धार्थ क्यापिटल रहेको छ ।

समाज लघुवित्तले प्रतिशेयर  १०० रुपैयाँ अंकित दरको ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो । त्यस्तै  रिलायन्स लाइफले प्रतिशेयर  १०० रुपैयाँ अंकित दरको कुल ६३ लाख कित्ता शेयरमध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

रिलायन्सको आईपीओ खरिदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गते र समाजको छिटोमा भदौ ८ र ढिलोमा भदौ १८ गतेसम्मको समय तोकिएको छ । छिटो अवधिभित्रै माग भन्दा बढी आवेदन परिसकेकाले विक्री बन्द गर्न लागिएको हो । रिलायन्सको आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ भने समाज लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्बा सेवा अनिवार्य गरिएकाले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तिय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ । 

नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित रिलायन्स लाइफले आईपीओ विक्री गर्न साउन १६ गते र समाज लघुवित्तले साउन २१ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । समाज लघुवित्तको जारी पूँजी २ करोड रुपैयाँ रहेको छ । हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी १ करोड १४ लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणका लागि यो आईपीओ जारी पश्चात समाज लघुवित्तको जारी पूँजी अनुसारको रकम कायम हुनेछ । त्यस्तै हाल  १ अर्ब ४७ करोड रुपैयाँ चुक्तापूँजी रहेको रिलायन्स लाइफले बीमा समितिले तोके बमोजिम २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस