aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लिवर्टी इनर्जी कम्पनीको आइपीओ कति जनाले भरे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
लिवर्टी इनर्जी कम्पनीको आइपीओ कति जनाले भरे ?

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओमा मागभन्दा १.९६ गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १ लाख ८५ हजार जनाले ७० लाख कित्ताका लागि आवेदन दिएका हुन् । 

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्ताको मागभन्दा १.९६ गुणा धेरै हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्ने बिक्री प्रबन्धकको भनाई छ । 
 
कम्पनीले भदौ ३ गतेबाट सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

इक्रा नेपालद्वारा यस आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । 
 

प्रतिक्रिया दिनुहोस