aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ भर्न तँछाड-मछाड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ भर्न तँछाड-मछाड

काठमाडौं ।  रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा ३.६० गुणा धेरै आवेदन  परिसकेकाे छ । हालसम्म २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएकाे छ । 

क्यापिटलकानुसार आइतबार साँझसम्ममा ५ लाख ३ हजार ८०२ जनाले २ करोड ४ लाख १४ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ५६ लाख ७० हजार कित्ताको लागि हाे ।
 
साेमबारसम्म खुला रहने गरि ल्याइएकाे उक्त शेयर भदौ ४ गतेबाट १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । रिलायन्सले बिक्रीमा ल्याएको कुल ६३ लाख कित्ता आइपीओमध्ये ५% अर्थात ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र समान ५% अर्थात ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस इन्सुरेन्सको आइपीओमा सोमबार (भदौ ८ गते) सम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । रिलायन्सको आइपीओलाई इक्रा नेपालले बीबी प्लस रेटिङ दिएको छ । 

प्रतिक्रिया दिनुहोस