aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

८३ दिनको बीमाको प्रिमियममा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
८३ दिनको बीमाको प्रिमियममा छुट

काठमाडौं । कोरोनाका कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको बीमा दरमा छुट दिन बीमा समितिले निर्देशन दिएको छ । समितिले आज सोमबार जारी गरेको सम्पत्ति बीमा निर्देशिक २०७५ को अनुसूची ११ को १६९ बुँदामा बन्द अवस्थाको कारखाना बीमा दर ३ प्रतिहजार रुपैयाँ कायम रहेकोमा सम्बन्धित बीमा दरको एक तिहाई कायम गर्नु पर्ने निर्देशनमा उल्लेख छ । 

साथै, आर्थिक वर्ष २०७७÷७८ को नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए अनुसार कोरोनाका कारण बन्द भएका उद्योगहरुको हकमा बन्द अवस्थाको जोखिमको लागि एक तिहाई तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट प्रदान गर्ने र उक्त छुट ८३ दिनको कायम गर्ने निर्देशनमा उल्लेख छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजतपत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस