
दुई हाइड्रोपावर युनिभर्सल पावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरको आज जेठ २० गते सोमबार वार्षिक साधारण सभा आज रहेको छ ।
युनिभर्सल पावर कम्पनीको सोमबार वार्षिक साधारण सभा ११ बजे अमृत भोग क्याटर्स प्रालि, कालिकास्थान, काठमाडौंमा रहेको छ ।
साधारण सभामा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गतेदेखि नै बुक क्लोज गरिएको थियो । वैशाख २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरको वार्षिक साधारण सभा ११ बजे कुपण्डोल ब्यांक्वेट, ललितपुरमा हुने भएको छ ।
सर्वसाधारण र संस्थापक शेयरधनी समूहबाट १–१ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव सभामा पेश हुनेछ । यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।
सभाका लागि जेठ २ गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ । जेठ १ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस