
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीमा दुई जना कर्मचारी नियुक्त भएका छन् । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल र नायव महाप्रबन्धकमा निरज बस्नेत नियुक्त भएका छन । मंगलबार बसेको कम्पनीको संचालक समिति बैठकले थप दुई जना कर्मचारी नियुक्त गर्ने निर्णय गरेको कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
पोखरेल युनाइटेड फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत पदबाट केहि समय अघि मात्र राजीनामा दिएका हुन भने बस्नेत प्रिमियर इन्स्योरेन्सको फाइनान्स हेड भएर कम गरेका व्यक्ति हुन ।
प्रतिक्रिया दिनुहोस