aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समाज लघुवित्तको आइपीओ बाँडफाँट गर्ने तयारी हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
समाज लघुवित्तको आइपीओ बाँडफाँट गर्ने तयारी हुँदै

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शनिबार बाँडफाँट गर्ने तयारी गरिएको जनाएकाे छ । तर अन्तिम निर्णय भने भइसकेको छैन । 

शनिबार बाँडफाँड हुन नसकेमा आइतबार हुने बिक्री प्रबन्धले जनाएकाे छ । बिक्री प्रबन्धकका अनुसार शुक्रबार प्रिअलोटमेन्ट गर्ने योजना छ । शुक्रबार प्रिअलोटमेन्ट भएमा शनिबार (भदौ १३ गते)  बाँडफाँट हुनेछ । 

उक्त लघुबित्तको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । समाजको आइपीओमा कुल १ अर्ब १९ करोड ६२ लाख ७० हजार रुपैयाँ बरारको आवेदन परेको हो । जसमा ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ८० हजार ७०० कित्तालाई आधार मान्दा १४८.२३ गुणा बढी आवेदन हो ।
 
समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५५ कर्मचारीहरुका लागि र कुल निष्कासनको ५५ अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । २०६८ साल फागुन २५ गतेदेखि सञ्चालनमा आएको समाज लघुवित्तको केन्द्रीय कार्यालय सिराहमा छ । 

प्रतिक्रिया दिनुहोस