aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पञ्चकन्यामाई हाइड्रोको साधारणसभा सम्पन्न, अझै ३ करोडभन्दा बढी सञ्चालन घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
पञ्चकन्यामाई हाइड्रोको साधारणसभा सम्पन्न, अझै ३ करोडभन्दा बढी सञ्चालन घाटा

काठमाडौं । पञ्चकन्या ग्रुपद्धारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रोपावरको  वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

 इलाम जिल्लामा १२ मेगावाट क्षमताको अप्पर माई र ६ दशमलव १ मेगावाट क्षमताको माथिल्लो माई सी जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न गरी राष्ट्रिय वितरण प्रणालीमा जोडि सकेको छ । 

त्यस्तै, कम्पनीले दुईवटा आयोजनाहरुमध्ये अप्पर माई जलविद्युत आयोजनाको व्यवसायीक उत्पादन २०७३ साल असार ९ गते देखि शुरु गरी संचालनमा ल्याएको जनाएको छ । यी आयोजनाहरुबाट उत्पादित विद्युत सो कम्पनीले निर्माण गरेको १८ दशमलव ५ किमी लामो माबु–गोदक १३२ के.भी. प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको इलमको गोदक सबस्टेशनको राष्ट्रिय विद्युत प्रणालीमा जोडिएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कम्पनी ३ करोड ९६ लाख १ हजार रुपैयाँ नोक्सानमा रहेको छ भने गत वर्ष कम्पनीले  २७ करोड ३४ लाख ५५ हजार  रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  यस वर्ष यो आम्दानी  २६ करोड ७३ लाख ७८ हजार रहेको छ । कम्पनीको चुक्तापूँजी  २ अर्ब ५ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस