
काठमाडौं । रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ शुक्रबार अलोटमेण्ट भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले ५ लाख ६७ हजार जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गर्ने गरी अलोटमेण्ट गरेको हो । यस आईपीओ खरिदका लागि ५ लाख ८९ हजार ४६४ जनाबाट २ करोड २९ लाख २६ हजार १० कित्ताको माग भएको थियो । यी मध्य रितपूर्वक आवेदन दिने ५ लाख ८७ हजार ५०९ जना आवेदकहरुलाई बाँडफाँटमा सहभागी गराईनेछ । यी आवेदकबाट २ करोड २८ लाख ५४ हजार ४२० कित्ता शेयर खरिदका लागि माग भएको विक्री प्रबन्धकको भनाई छ ।
माग भन्दा ४ गुणा बढी आवेदन परेको यस आईपीओ शनिवार बाँडफाँट हुने सम्भावना रहेको छ । विक्री प्रबन्धले बाँडफाँटका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति चाहिने हुदाँ अहिलेसम्म स्वीकृति प्राप्त भैनसकेको र स्वीकृति आजै प्राप्त भए भोली बाँडफाँट हुने सम्भावना रहेको जानकारी दिएको छ ।
रिलायन्स लाइफले सर्वसाधारणका लागि कुल ६३ लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको थियो ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले आईपीओ विक्री गर्न साउन १६ गते अनुमति पाएको थियो । हाल रू. १ अर्ब ४७ करोड चुक्तापूँजी रहेको रिलायन्स लाइफले बीमा समितिले तोके बमोजिम रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस