aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पूर्ण रुपमा रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, २० हजार ५ सय ९ जनाको हात खाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
पूर्ण रुपमा रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, २० हजार ५ सय ९ जनाको हात खाली

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरेको छ । इन्स्योरेन्स कम्पनीले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा अनुसार २० हजार ५०९ जनाले आईपीओ नपाउने भएका छन् ।  कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आवेदन परेका छन् । त्यस मध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् ।  ५ लाख ८७ हजार ५०९ वटा आवेदन योग्य भएका छन् । बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अनुसार एक हजार ९ सय ५५ जनाले आईपीओ नपाउने भएका छन् । 

कम्पनीले कुल ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता सेयर छुट्याएको हो ।  

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदकलाई न्यूनतम १० कित्ताका दरले वितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको सेयर पाउका हुन् । इन्स्योरेन्सको आईपीओ ४.०४ गूणा बढी आवेदन परेको छ ।


 

प्रतिक्रिया दिनुहोस