_20200828152742.jpg)
काठमाडौं । रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । भदौ ४ गतेदेखि ८ गतेसम्म विक्री खुला गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ८७ हजार ५०९ जना योग्य आवेदकहरुलाई सहभागी गराईएको थियो । योग्य आवेदकमध्यबाट ५ लाख ६७ हजार जना आवेदकले गोलप्रथाबाट १० कित्ताका दरले शेयर हात पारेका छन् ।
यस आईपीओ खरिदका लागि ५ लाख ८९ हजार ४६४ जनाबाट २ करोड २९ लाख २६ हजार १० कित्ताको माग भएको थियो । यी मध्य १ हजार ९५५ आवेदन रद्ध भएका छन् । रितवपूर्वक आवेदन दिने आवेदकबाट २ करोड २८ लाख ५४ हजार ४२० कित्ता शेयर खरिदका लागि माग भएको विक्री प्रबन्धकको भनाई छ ।
रिलायन्स लाइफले सर्वसाधारणका लागि कुल ६३ लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको थियो ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले आईपीओ विक्री गर्न साउन १६ गते अनुमति पाएको थियो । हाल १ अर्ब ४७ करोड रुपैयाँ चुक्तापूँजी रहेको रिलायन्स लाइफले बीमा समितिले तोके बमोजिम २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस