aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई जनरल इन्स्योेरेन्सको भर्चुअल अभिकर्ता तालिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
आइएमई जनरल इन्स्योेरेन्सको भर्चुअल अभिकर्ता तालिम

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सले अनलाइनबाट आफ्ना अभिकर्ताहरुलाई तालिम सम्पन्न गरेको  छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस  (कोभड-१९) को असर र काठमाण्डौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई ख्ष्चतगब ित्चबष्लष्लन को आयोजना गरेको हो ।

कम्पनीले मिति २०७७ साल भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको कम्पनीले दावी गरेको छ । कम्पनीका विभागीय प्रमुखहरुदेखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस