aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लिवर्टी ईनर्जीको आईपीओ बाँडफाँट हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
लिवर्टी ईनर्जीको आईपीओ बाँडफाँट हुदैं

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओ आजै बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा दिउसो १२ बजे बाँडफाँटको कार्यक्रम तय भएको कम्पनीका प्रबन्ध निर्देशक आत्माराम घिमिरेले बताएका छन् । यस कम्पनीको आईपीओ प्रि अलोटमेण्ट शुक्रवारनै भएको हो ।

विक्री प्रबन्धकका अनुसार यस आईपीओमा १ लाख ९१ हजार १०० आवेदकबाट ७३ लाख १४ हजार ७१० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा दोव्वर हुन आउछ ।

कम्पनीले भदौ ३ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर विक्री गरेको हो । कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानियका लागि कम्पनीले साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २४ गते बाँडफाँट गरेको हो । स्थानियलाई जारी गरिएको मध्य विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वसाधारणमा विक्री गरेको हो । कम्पनीले आईपीओलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ ।

सर्वसाधारणका लागि पनि शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । चुक्तापूँजीमा संस्थापक तर्फ ७५ प्रतिशत , सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व रहनेछ । कम्पनीले पहिलो आयोजना लमजुङ जिल्लामा निर्माण गरिरहेको छ ।

यस आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस