
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा सोमवार भएको बाँडफाँटमा १० देखि ४० कित्तासम्म माग गर्ने आवेदकहरुले माग बमोजिम शेयर हात पारेका छन् भने ४० देखि १५ हजार कित्ता माग शेयर माग गर्ने २५ हजार ६२० जनाले थप १० कित्ता शेयर हात पारेका छन् ।
यस आईपीओमा १ लाख ८८ हजार ४९९ जना आवेदकबाट ५५ लाख ४२ हजार ५० कित्ता शेयर खरिदको माग परेको थियो । कुल आवेदकमध्य १२६ जनाको रितपूर्वक नभएको भन्दै आवेदन रद्ध गरिएको विक्री प्रबन्धकको भनाई छ । रद्ध आवेदकहरुबाट ३ हजार ९६० कित्ता शेयर खरिदको माग भएको थियो ।
रितपूर्वक आवेदन दिने १ लाख ८८ हजार ३७३ आवेदकहरुमध्यबाट १० देखि ३० कित्ता माग गर्ने १ लाख ५१ हजार ८१५ जनालाई माग बमोजिम र ४० देखि १५ हजार सम्म माग गर्ने ३६ हजार ५५८ जनालाई ३० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी हुन आएको २ लाख ५६ हजार २०० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँट गर्दा ३६ हजार ५५८ जनामध्य २५ हजार ६२० जना आवेदकले थप १० कित्ता शेयर हात पारेका हुन ।
कम्पनीले भदौ ३ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर विक्री गरेको थियो । कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २४ गते बाँडफाँट गरेको हो । स्थानियलाई जारी गरिएको मध्य विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वसाधारणमा विक्री गरेको हो ।
कम्पनीले आईपीओलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ । सर्वसाधारणका लागि पनि शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुगेको । चुक्तापूँजीमा संस्थापक तर्फ ७५ प्रतिशत , सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।
कम्पनीले पहिलो आयोजना लमजुङ जिल्लामा निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस