
कास्की । पोखरा महानगरपालिका–१४ बाट ट्रकको व्याट्री चोरी गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१४ हेवलीमार्ग बस्नेहरु बाँके नेपालगंज उपमहानगरपालिका–८ घर भएका २४ वर्षीय कमल पुन, दाङ नारायणपुर नगरपालिका–१० मसिना घर भएका बिनोद भन्ने १९ वर्षीय अजय चौधरी रहेका छ ।
त्यसैगरि, पोखरा महानगरपालिका–१४ काजिपोखरी बस्ने धादिङ सिद्वेलेख गाउँपालिका–३ सरांघाट घर भएका २५ वर्षीय पुर्ण बहादुर माझी, पोखरा महानगरपालिका–१० बिरेन्द्रचोक बस्नेहरु भारत बिहार घर भएका ४२ वर्षीय दिनेश शाह र भारत बिहार घर भएका ४२ वर्षीय बिनोद प्रसाद जैसवाल रहेका छन् ।
कास्की पोखरा महानगरपालिका–१४ चाउथे खसिबजारस्थित पार्किङ गरी राखिएका बिभिन्न नम्बरका ४ वटा ट्रकहरुको ५ थान ब्याट्री शुक्रबार राति चोरी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी कसुरमा मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस