aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

समाज लघुवित्तको आईपीओ बाँडफाँट, ५ लाख ३९ हजार ३०० जनाको हात खाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
समाज लघुवित्तको आईपीओ बाँडफाँट, ५ लाख ३९ हजार ३०० जनाको हात खाली

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८ हजार ७० जनाले मात्र १० कित्ताका दरले पाएका छन् । यस आईपीओ खरिदका लागि ५ लाख ४७ हजार ९२८ जनाको आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको छ । यी मध्य रितपूर्वक आवेदन नदिएका कारण ५५८ जनाको आवेदन रद्ध भएको छ । ५ लाख ४७ हजार ३७० जना योग्य आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो । यस आईपीओ खरिदको माग गर्ने ५ लाख ३९ हजार ३०० जना आवेदकको हात भने खाली भएको छ । 

समाज लघुवित्तले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको कुल ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । समाज लघुवित्तको जारी पूँजी रू. २ करोड रहेको छ । हाल रू. १ करोड १४ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात रू. २ करोड पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस