aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

६० प्रतिशत बढी विद्युत विक्री गरेको पाँचथर पावरको नाफा ८ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
६० प्रतिशत बढी विद्युत विक्री गरेको पाँचथर पावरको नाफा ८ करोडभन्दा बढी

 काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ४० लाख ८ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष सोहि अवधिसम्म  १२ करोड ६ लाख ४७ हजार  रुपैयाँघाटामा रहेको यस कम्पनीले गत वर्षभने घाटा सुधार गर्दै उल्लेख्य नाफा बढाउन सफल भएको हो । 

गत वर्षको चौथो त्रैमासको वित्तीय विवरण भदौ १५ गते सार्वजनिक गरेको कम्पनीले विद्युत विक्री आम्दानी बढेकाले नाफामा सुधार भएको बताएको छ । गत वर्ष कम्पनीले  ३९ करोड ९२ लाख ९६ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको छ । यो आम्दानी रकम अघिल्लो वर्षको सोहि अवधिसम्म २४ करोड ९९ लाख ९ हजार रुपैयाँ थियो । 

अघिल्लो वर्ष विद्युत प्रसारण लाईन समयमै सम्पन्न गर्न नसकेकाले विद्युत विक्री कम भएको भन्दै अहिले खोलामा पानीको प्रवाह सन्तोषजनक रहेकाले आगामी दिनहरुमा पनि आयोजनाबाट अपेक्षा अनुसारको उत्पादन हुनेमा कम्पनी  आशावादी रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी  ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम भने १३ करोड ९७ लाख ३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको कुल सम्पत्ति २ अर्ब ४८ करोड ९४ लाख ५५ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व रू १ अर्ब ६६ करोड ६६ लाख ५८ हजार रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ दशमलव ७३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ८५ दशमलव ४९ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस