aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दशैंको जोह शुरु, ३ हजार भेडा च्याङ्ग्रा र खसीबोका ल्याइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
दशैंको जोह शुरु, ३ हजार भेडा च्याङ्ग्रा र खसीबोका ल्याइँदै

काठमाडौं । सरकारले दशैंका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । कोभिड महामारी कै बीच सरकारले आगामी कार्तिक १ गतेदेखि शुरु हुने दशैंका लागि  १६ सय खसी बोका र १४ सय भेडा च्याङ्ग्राको जोह गर्न लागेको खाद्य तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । 

कम्पनीले नेपाल कै हिमाली जिल्लाबाट भेडा तथा च्याङ्ग्रा ल्याउने छ भने हेटौडालगायतका तराई तथा पहाडी जिल्लाबाट खसी बोका ल्याउने तयारी थालेको हो । हाललाई सो खरिदका लागि हेटौडा तथा तुलसीपुरबाट ल्याउने तयारी थालिएको हो । 

गत वर्ष ३ हजार २० वटा खसी बोका तथा भेडा च्याङ्ग्रा ल्याएर बिक्री गरेको कम्पनीले यसपाली पनि कृषकको गोठ मै गएर दशैंका लागि आवश्यक पर्ने मासुको जोह गर्ने कम्पनीका प्रवक्ता सर्मिला सुवेदी बताइन् ।  गत वर्ष कम्पनीले जिउँदो भेडा च्याङ ७४० रुपैयाँ र खसी बोका ५६० रुपैयाँ तोकेको थियो । 

‘खसी बोकाको मूल्य निर्धारण खरिद बिक्रीको आधारमा हुने उनले बताइन् । ‘खरिद गरेको आधारमा भेडा च्याङ्ग्रा तथा खसी बोकाको मूल्य निर्धारण हुने हो,’ उनले भनिन् ‘सम्भवतः गत साल कै मूल्यमा यसापली पनि खसी बोका उपलब्ध हुन्छ होला । चामल र सिमीमात्रै बिक्री गर्दै आएको कम्पनील अबको दशैंमा दाल र चिनी समेत बिक्री गर्ने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस