काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर पश्चातको शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरी गत असार २९ गतेदेखि एकिकृत कारोबार सुरु गरेको कम्पनीले ३९ लाख २८ हजार ८७ दशमलव ७५ कित्ता शेयर सूचीकृत गराएको हो ।
मर्जरपश्चातको शेयर सूचीकरण भएसँगै कम्पनीको शेयर कारोबार समेत फुकुवा भएको छ । आइतवारदेखि यस कम्पनीको शेयर कारोबार गर्न सकिनेछ । भदौ २० गते विशेष साधारण सभा बोलाएको यस कम्पनीले एफपीओ जारी गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस