काठमाडौं । प्राविधिक समस्याका कारण बन्द भएको मेरो शेयरको माई पोर्टफोलियो हेर्ने सुविधा सुचारु भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्राविधिक समस्या देखिएपछि समाधानको लागि बुधवारदेखि उक्त सेवा बन्द गरेको थियो । शुक्रवारदेखि भने लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो हेर्न पाएका छन् ।
सिडिएससीले अन्तिम कारोबार र अन्तिम शेयरमूल्य प्राप्त नभएका कारण पोर्टफोलियो हेर्ने सुविधा बन्द गरेको थियो । मेरो शेयर खाता खोलेका लगानीकर्ताहरुले आफ्नो शेयरको मूल्य माई पोर्टफोलियो शिर्षकमार्फत हेर्न सकिने सुविधा सिडिएससीले प्रदान गरेको छ ।
मेरो शेयरमा धेरै लोड परेकाले अब साधारण शेयर(आइपीओ) भर्नका लागि छुट्टै साइट मार्फत गरिने सिडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । उनले भने, 'अब मेरो शेयरलाई व्यवस्थीत गर्नका लागि आइटी टिमसँग कुरा गरिहेका छौं । अब आम लगानीकर्ताको शेयरको पूर्ण सुरक्षा हुन्छ ।'
प्रतिक्रिया दिनुहोस