
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर र साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद वापतको ३८ लाख ४९ हजार १२० कित्ता र साइन रेसुङ्गाको १५ प्रतिशत बोनस शेयर वापतको ३९ लाख ३४ हजार ३५६ दशमलव १९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो दिन सोमवारदेखि यी शेयरहरु कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस