aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाली चेली निरिषा भारतीय सिरियलमा कमब्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
नेपाली चेली निरिषा भारतीय सिरियलमा कमब्याक

काठमाडौं । नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन् । उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीवार प्रोमो सार्वजनिक भएको छ । 

जसमा निरिषाको चरित्र चित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा छिन् । सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ ।

सोमवार र शुक्रवार ‘सोनी सब’ बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरेकी थिइन् ।

यसमा उनको मुख्य भूमिका थियो । यसपछि उनले नेपाल आएर चलचित्र ‘जानी नजानी’ मा काम गरेकी थिइन् । अहिले भारतको मुम्बईमा बस्दै आएकी बस्नेतले लकडाउनअघि एक साउथ फिल्म साइन गरेर उनी बलिउड प्रवेश गरेकी छिन ।

 

प्रतिक्रिया दिनुहोस