aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लक्ष्मी इक्वीटी फण्डको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ भदौ २०७७
लक्ष्मी इक्वीटी फण्डको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने भदौ २२ गते सोमवार अन्तिम दिन रहेको छ ।

यस योजनाले प्रस्तावित लाभांश प्रयोजनका लागि भदौ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ बुक क्लोजको आधारमा भदौ २२ गतेसम्म नेप्से र सिडिएससीको प्रणालीमा कारोबार भई कायम रहेको इकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् । 

  यस योजनाले आर्थिक वर्ष २०७६÷७७ को लागि ४ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल लिमिटेडको भदौ १२ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको थियो । योजनाले १२ करोड ५० लाख रुपैयाँ बराबरको इकाई विक्री गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस