
काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट जनतालाई बचाउन सरकारले जारी गरेको निषधाज्ञ अझै जारी रहे अटो मोबाइल्स क्षेत्रमा २० लाख जनाको रोजगारी गुम्ने जनाएको छ । नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार देशैभरी अटोमोबाईल्स क्षेत्रमा प्रत्यक्ष वा अत्यक्ष रुपमा २० लाख जनाको रोजगारी गुम्ने अवस्था आएको बताएका हुन ।
राजधानी लगायत देशका विभिन्न भागहरुमा निषेधाज्ञा जारी गरेको र देशमा बढदो कोरोना संक्रमणलाई दृष्टिगतगरी सरकारले यो निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको नाडाले जनाएको छ ।
साउनमा ५० प्रतिशतमात्र भन्सारबाट बस्तु आयात भएको र भदौमा ९० प्रतिशत कम बस्तु आयात भएकाले अटोमोबाइल्स क्षेत्र टाट पल्टने अबस्थामा पुगेको अध्यक्ष दुलालले बताए ।
लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार नदेखेको नाडाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । त्युैले यहि तथ्यहरुलाई मननगरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुर्नविचार गर्न समेत नाडाले माग गरेको छ ।
लकडाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका छन् र उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने दारुण अवस्था सिर्जना भएको नाडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस