aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रिलायन्स लाइफको आईपीओले रेञ्ज कति पायो, मंगलबारदेखि कारोबार गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ भदौ २०७७
रिलायन्स लाइफको आईपीओले रेञ्ज कति पायो, मंगलबारदेखि कारोबार गर्न सकिने

 काठमाडौं । रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ धितोपत्र दोस्रो बजार नेप्सेमा भदौ २२ गते सोमवार सूचीकृत भएको छ । भदौ १२ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको कम्पनीले संस्थापक समेतको २ करोड १० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत गराएको हो ।

 सूचीकृत भएको दोस्रो दिनदेखि कारोबार गर्न सकिने व्यवस्था बमोजिम भदौ २३ गतेदेखि रिलायन्सको शेयर कारोबार गर्न सकिने भएको छ । कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत हुनु अगावै सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भैसकेको छ । 

मंगलवार स्पेशल प्रिओपनिङ सेसनमा पहिलो कारोबार भए नियमित कारोबार सुरु हुने नेप्सेको भनाई छ । नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम  १०७ दशमलव ५९ रुपैयाँदेखि  ३२२ दशमलव ७७ रुपैयाँ मूल्य रेञ्ज तोकेको छ । रिलायन्सको शेयर कारोबार आरएलआईको संकेतवाट हुनेछ ।
 
रिलायन्सले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ६३ लाख कित्ता आईपीओ विक्री गरेको थियो । यस कम्पनीले आईपीओ विक्री गर्न साउन १६ गते अनुमति पाएको थियो । संस्थापकतर्फबाट चुक्ता भएको रू. १ अर्ब ४७ करोड रुपैयाँ र सर्वसाधारणबाट चुक्ताभएको  ६३ करोड रुपैयाँ गरी जम्मा २ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस