aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रिलायन्स लाइफको शेयर कारोबार सुरु, लगानीकर्ताको आकर्षण धेरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
रिलायन्स लाइफको शेयर कारोबार सुरु, लगानीकर्ताको आकर्षण धेरै

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार मंगलवारदेखि सुरु भएको छ । स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता रू. ३२२ मा कम्पनीको ५० कित्ता शेयर कारोबार भएको हो । प्रि ओपनिङ सेसनमा कारोबार भएसँगै नियमति सेसनमा कम्पनीको कारोबार सुरु भएको हो । 

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भदौ २२ गते सोमवार शेयर सूचीकृत गरेको थियो । नियमित सेसनको कारोबार खुला भएको ३० मिनेटसम्म कम्पनीको शेयरमा उच्च खरिद चाप रहेको छ । यस अवधिसम्म १७ लाख ८७ हजार ५४६ कित्ता शेयर खरिदको माग रहेको हो । यी शेयर खरिदका लागि रू. ३२४ देखि रू. ३२८ सम्मको मूल्यमा खरिद अर्डर भएको छ । यस अवधिसम्म विक्री कर्ता भने कोहि देखिएका छैनन् ।

यस कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ६३ लाख कित्ता आईपीओ विक्री गरेको थियो । नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १०७ दशमलव ५९ देखि रू. ३२२ दशमलव ७७ मूल्य रेञ्ज तोकेको थियो । 
 

प्रतिक्रिया दिनुहोस