काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर मंगलबार खरिद गर्नेको चाप देखिएको छ। नेपाल स्टक एक्स्चञ्जमा मंगलबार सूचिकृत भएर कारोबारको पहिलो दिन कम्पनीको शेयरमा खरितकर्ताको चाप देखिएको हो । मंगलबार १२ बजेको समयमा कम्पनीको शेयर खरिद गर्न २१ लाख ९२ लाख ७८५ जनाले अर्डर दिएका छन् ।
कम्पनीको मार्केट डेप्थमा २१ लाख ९२ लाख ७८५ कित्ता शेयर खरिद आदेशहरू छन्। तर, बिक्रीकर्ता भने शून्य छ। कम्पनीको शेयर अझै बढ्न सक्ने भन्दै शेयरधनीहरुले शेयर बिक्रीका लागि राखेका छैनन्।

प्रतिक्रिया दिनुहोस