काठमाडौं । चार फण्डको लाभांश सुरिक्षत गर्ने आज अन्तिम दिन रहेको छ । नेप्सेमा सूचीकृत चार फण्डहरुको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन हो।
एनआईसी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड तथा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले लाभांश वितरण प्रयोजनार्थ भोलि बिहिबार बुकक्लोज गर्दैछ। त्यसअनुसार आजसम्मका नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी योजनाहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।
नबिल इक्विटी फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) र नबिल ब्यालेन्स्ड फण्ड २ ले ९ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो भने एनआईसी एशिया ग्रोथ फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस