
काठमाडौं । कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पुरा भएको छ । कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको हो । कम्पनीले नयाँ नयाँ मोडलका एसयूभी नेपाल ल्याउन प्रेरित गरेको कम्पनीले जनाएको छ ।
कोभिड १९ को कारण केही ढिला बिक्री सुरु हुन लागेको ग्लोरी ५६० नयाँ वर्षको अवशरमा बिक्री सुरु गर्ने लक्ष्य रहेको थियो । नेपाल आएको पहिलो वर्ष नै गाडीको मूल्य, मूल्य अनुसारको फिचर र एसयूभी मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।
नेपालमा उच्च प्रतिस्पर्धाको बाबजुद पनिे डिएफएसकेका उत्पादनलाई ग्राहकसम्म पुर्याउन सकेको । यसले भोलिका दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँदै अगाडी बढ्ने हौसला प्रदान गरेको छ कुजु नेपालका संचालक उमिद श्रेष्ठले भने ।
यस्तो छ ग्लोरी ५६० साइज ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ केजी रहेको छ । इन्जिन ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ ।
यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।
सुरक्षा फिचर ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ ।
इन्टेरियर र फिचर ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट÷स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ ।
वारेन्टी कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्ने छ । मूल्य यसलाई प्रतिस्पर्धी मूल्य बनाउने कम्पनीको योजना अनुसार ५७ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री वितरण शुरु गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस