aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत

 काठमाडौं । बुधवार नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २६ प्रतिशत बोनस शेयर वापतको ४ लाख ३५ हजार ९६६ दशमलव ७० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । 

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गत माघ २६ गते पारित गरेको थियो । पारित गरेको सात महिनामा कम्पनीको बोनस सूचीकृत भएको हो । नागबेली लघुवित्त मिर्मिरे लघुवित्तसँग विलय भईसकेको छ । मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ती गरी भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस