aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिखर इन्स्योरेन्सको हकप्रद हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
शिखर इन्स्योरेन्सको हकप्रद हितग्राही खातामा जम्मा

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । सूचीकृत भएको दोस्रो दिनदेखि कारोबार योग्य भएपनि हितग्राही खातामा जम्मा भएपश्चात मात्र यो शेयर खरिद विक्री गर्न सकिने व्यवस्था छ । कम्पनीको ३० प्रतिशत हकप्रद शेयर भदौ १४ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । 

यस कम्पनीले गत असार १४ गतदेखि साउन ४ गतेसम्म उक्त हकप्रद शेयर विक्री गरेको थियो । पहिलो चरणमा वितरण हुन नसकेको शेयर शेयर साउन २१ देखि २८ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको हो । शिखरले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार को आधारमा ३० प्रतिशत हकप्रद विक्री गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजार पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस