aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईपीओ निष्कासन गर्न जनरल इन्स्योरेन्स कम्पनीलाई बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
आईपीओ निष्कासन गर्न जनरल इन्स्योरेन्स कम्पनीलाई बोर्डको अनुमति

काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाललाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बोर्डले यस कम्पनीलाई ३० लाख कित्ता आईपीओ विक्री गर्न भदौ २४ गते अनुमति दिएको हो ।

 कम्पनीले आईपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम हुनेछ । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस