
जेठ २२, काठमाडौं । जेठ १६ गतेदेखि लिलामीमा आएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर भर्ने बिहीबार अन्तिम दिन हो । बैंकले संस्थापक तर्फको २ लाख १४ हजार ६१० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय तोकिएको हुदाँ सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल गर्दा न्युनतम तिन हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । यस शेयरको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बजारमा शेयरकारोबारमा मङ्गलबार २ अंकले घटेर अन्तिम मूल्य ५३२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस