aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

टिपर आतंक फेरि शुरु, तीनकुनेमा एक जनाको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
टिपर आतंक फेरि शुरु, तीनकुनेमा एक जनाको ज्यान गयो

काठमाडौं । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्रदेश ३(०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गएराति पौने १० बजे टिप्परको ठक्करबाट गौतमको ज्यान गएको हो । उनको उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस