aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

किवी विश्वकै २७ उत्कृष्ट फलमध्ये एक, दर्जन रोग ठिक हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
किवी विश्वकै २७ उत्कृष्ट फलमध्ये एक, दर्जन रोग ठिक हुने

काठमाडौं । किवीबारे धेरै मानिसहरु जानकार भए पनि यसले मानव स्वास्थ्यलाई पुर्याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । केही समययता हाम्रो फलफूल बजारमा एउटा स्वादिलो, रसिलो फलले प्रवेश पाएको छ । फल हो, किवी । यो आयातित होइन । हाम्रै घर–आँगनको फल हो ।

यो फल अन्डाकार हुन्छ । बोक्रा तासेर खाँदा गाउँपाखामा फल्ने ऐंशेलुको स्वाद पाइन्छ । यसले जिब्रोलाई सजिलै लोभ्याइदिन्छ । तर, यसको गुण स्वादमा मात्र छैन । यो स्वास्थ्यका लागि पनि अति गुणकारी फल हो ।
केही वर्षयता नेपालमा किवी फल खेतीतर्फ आकर्षण बढ्दै गएको छ । नेपालमा यसलाई ठेकी, गाईथुने फल, फेमियाल्दाजस्ता नामले पनि चिनिन्छ । विश्वका उत्कृष्ट २७ फलमध्ये किवी एक नम्बरमा पर्ने गर्छ । किविबाट एैँसेलु, भुइएैंसेलु, केरा, भुँईकटहरजस्ता फलफुलको स्वाद लिन सकिन्छ ।

किबी फल सुरुमा चीनमा पत्ता लागेको र २० औं शताब्दीमा न्युजील्यान्डमा यसको विकास भएको मानिन्छ । यसको बाहिरी झुस न्युजील्यान्डको रास्ट्रिय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो ।

सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको थियो । न्युजील्यान्डमा यसको खेती अत्यधिक मात्रामा हुने गर्छ । किवी खेतीको लागि चिसो हावापानी उपयुक्त हुन्छ । किवीको एक स्वस्थ बोटले सय किलोग्रामसम्मको उत्पादन दिन्छ ।

नेपालको पनि विभिन्न उच्च भुभावमा यसको खेती गरिन्छ । जापानिज संस्था जाइकाले २०४३ सालमा किवीलाई नेपाल भित्राएको मानिन्छ । किवीलाई विश्वकै उत्कृष्ट फलको रुपमा लिन्छ । किवी दुई प्रकारका हुन्छन् । एउटा झुस हुने र अर्को नहुने । हावार्ड जातीको किवी विश्वभर लोकप्रिय छ ।

त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो । पछि फलफूल विज्ञहरूले यसको नाम ‘क्वी’ राखेका हुन् । यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ । नेपाल दोलखा जिल्लाबाट यसको व्यवसायीक खेती शुरु भएको हो । किवीमा क्यालोरिको मात्रा प्रसस्त हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा क्यान्सरजस्तो  रोगबाट पनि बच्न सकिन्छ । यसका साथै किवीमा औषधिजन्य गुण पनि पाइन्छ । किवी खादा यस्ता फाइदाहरू लिन सकिन्छ । 

मुटु रोगीलाई लाभ 

यसमा हुने फाइबर पोटासियमले शरीरमा सोडियमको मात्रा घटाइदिन्छ । यसले गर्दा मुटुको रोग लाग्न पाउँदैन। एक अध्ययनअनुसार जसले दैनिक चार हजार ६९ मिलिग्राम पोटासियम सेवन गर्छन्, उनीहरू आकस्मिक मुटुरोगको मृत्युबाट जोगिन्छन् ।

मिर्गौलाको पत्थरी हटाउँछ

भोजनमा बढी मात्रामा पोटासियम समावेश गर्नेहरूलाई मुुटुरोगको जोखिम कम हुन्छ । यसका साथै यस फलले शरीरमा हुने विभिन्न ट्युमर उत्पत्ति हुनबाट रोकथाम गर्छ । यसका साथै हड्डीमा हुने खनिज घनत्वको समस्याबाट पनि बचाउँछ र मिर्गौलामा आउने पत्थरीलाई फुटाउँछ ।

उच्च रक्तचाप घटाउँछ

यो फलमा हुने उच्च पोटासियमको मात्राले उच्च रक्तचापलाई घटाउँछ । तर यसमा रहेको सोडियमको मात्रा उच्च रक्तचापका लागि जोखिम मानिन्छ ।

शरीरको घाउँलाई निर्मुल पार्छ

किवीमा भिटामिन ‘सी’ भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट जोगाउँछ । शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ ।

कोलेस्ट्रोल कन्ट्रोल गर्छ

किवीले कोलेस्ट्रोल नियन्त्रणमा अहं भूमिका निर्वाह गर्छ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । 
जोर्नी दुख्ने समस्या निको पार्छ
किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले किवी खानु निकै फाइदाजनक मानिन्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट हुने शारीरिक पीडा कम गराउँछ ।

कब्जियत हुन दिँदैन

किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या समाधान हुन्छ । एक अध्ययनअनुसार किवी फलमा हुने लाक्जाथिटको मात्राले कब्जियत हुन दिँदैन । नियमित यो फलको सेवन गर्नेहरूमा नरम तथा नियमित दिसा हुने गरेको पाइएको छ ।

छाला स्वस्थ राख्छ

यस फलमा रहेको कोलाजिन तत्व जसमा भिटामिन सी हुन्छ । यो तत्वले घामले जलेर नष्ट भएको, प्रदूषणले बिग्रेको र चुरोटको सेवनले चाउरिएको छालालाई ताजगी प्रदान गरी सुन्दर बनाउँछ ।
निन्द्राको औषधि 

एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युटे«सनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार वृद्ध अवस्थामा निदाउने समस्या भएमा यसको सेवनले राम्रो निन्द्रा लाग्छ ।

किबीमा पाइने पोषण तत्वहरूः

क्यालोरीः ४२ ग्राम प्रतिगोटा

प्रोटिनः ०.८ ग्राम

चिल्लोको मात्राः ०.१ ग्राम

फाइबरः १ ग्राम

भिटामिन सीः ३ माइक्रो ग्राम

आइरनः ०.२ मिलिग्राम

फोलेटः१७ माइक्रो ग्राम

किवी फल कसरी खाने ?

– यो फल सलादको रूपमा खान सकिन्छ ।

– यसलाई लस्सी बनाएर पनि सेवन गर्न सकिन्छ ।
– किवीलाई तासेर त्यति कै अन्य फलजसरी पनि खान सकिन्छ ।

किबी सेवन गर्ने तरिका

 एउटा किबी काट्नुहोस्, आधा अनुहारमा पातलो पारेर दल्नुहोस् बाँकी भाग खानुहोस् । यसले छालामा प्राकृतिक सुन्दरता छाउनेछ ।
–किवीलाई जाम, जुस, स्मोथी, वाइन, केक, सलाद आदीको रुपमा प्रयोग गर्न सकिन्छ  ।
– किबीलाई भुइँकटहर, आँप र स्ट्रबेरीसित मिलाएर पनि खान सकिन्छ ।

– काटेको किबीको माथिल्लो भागमा मह दली स्वादिलो बनाउन सकिन्छ ।

– किबीको जुसमा स्याउ तथा नास्पाती तथा पालक मिसाएर पनि खान सकिन्छ । किबीलाई लस्सी बनाएर गर्मी मौसममा खाजासित खान सकिन्छ ।


 

प्रतिक्रिया दिनुहोस