aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

 काठमाडौं । नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर आइतवारदेखि विक्रीमा आएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री खुला भएको हो । यो शेयरको न्यूनतम प्रतिकित्ता मूल्य रू. २ हजार ३०० तोकिएकाले त्यसमा नघट्ने गरी असोज ४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

यो शेयर प्राप्त गर्ने आवेदकहरुले नागरिक लगानीकोषले जारी गर्ने तयारी गरेको हकप्रद शेयरमा समेत आवेदन गर्न पाउनेछन् । कोषले १ बराबर शून्य ८२८४ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भदौ २२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । 

शेयर खरिद गर्न चाहने इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नारायणचौर नक्साल वा प्रिमियर इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर , नक्सालमा गोप्य शिलबन्दी बोलपत्र आवेदन बुझाउन सक्नेछन् । आवेदन दिदाँ न्यूनतम एक सय कित्ता वा अधिकतम सम्पूर्ण कित्ता खरिदको माग गर्न सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस