aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

युनिक नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
युनिक नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सस्थाले २ करोड ७० लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको हो  । 

संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दर साधारण शेयरको २ लाख ७० हजार कित्ता निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

 शेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा.गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थालि। को अधिकृत पूँजी १० करोड, जारी पूँजी ९ करोड, र चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी ९ करोड हुनेछ ।

प्रतिक्रिया दिनुहोस