
काठमाडौं । निजी ल्याबको रिपोर्टका आधारमा कोरोना बीमाको दावी भुक्तानी पाउने गरि कोरोना बीमा मापदण्ड संशोधन भएको छ । बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्दै निजी ल्याबहरुको रिपोर्टलाई पनि मान्यता दिने व्यवस्था गरिएको हो ।
कोरोना बीमा संशोधन भएपनि निजी ल्याबमा परिक्षण गरिएको पीसीआर रिपोर्टमा बीमा कम्पनीमा संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा पुनः अर्को ल्याबमा कोरोना परिक्षण गराउन सक्ने प्रावधान भने राखेको छ । त्यस्तै, अबदेखि कोरोना बीमाको एकल पोलिसी बिक्रि नगर्ने निर्णय समेत भएको छ । समितिले अब अपरान्त सामुहिक बीमालेख मात्रै जारी गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस