काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत पुस २९ गते पाँचौं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएपश्चात हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।
पुस १३ गतेसम्म शेयरहरु अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा हितग्राही खातामा जम्मा गरिसकिएको र सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका हरुको हकमा पनि हितग्राही खातामै बोनस जम्मा गर्ने कम्पनीले जानकारी दिएको छ ।
यसर्थ हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथासिघ्र गराई बोनस शेयर सुरक्षित गर्न कम्पनीले अनुरोध गरेको छ । हितग्राही खातामा जम्मा गर्नुपूर्व कम्पनीले यो बोनस शेयर भदौ २३ गते नेप्सेमा सूचीकृत गराएको थियो । सूचीकृत भएको दोस्रो दिनदेखि कारोबार योग्य भएको यो शेयर हितग्राही खातामा जम्मा भएपश्चात अब भने कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस