काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा दोहोरिरहेको समस्याका विषयमा अर्थमन्त्रालयमा छलफल हुदैंछ । विहान ११ बजे पूँजीबजार सम्बद्ध सरोकारवालाहरुलाई छलफलका लागि मन्त्रालयले बोलाएर छलफल गरिरहेकाे नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए ।
उनले बजार सञ्चालनको जिम्मा लिएको नेपाल स्टक एक्सचेञ्जले भित्र्याएको अनलाईन कारोबार प्रणालीमा देखिएको समस्याका विषयमा छलफल गरी निचोड निकाल्ने जानकारी दिए । हामीले नियमनको पाटोबाट समस्या के हो ? कहाँवाट समस्या उत्पन्न भयो ? कसैलाई कारर्वाही गर्नुपर्ने भए पनि स्पष्ट लेखेर पठाउनु आवश्यक कारर्वाही गर्छौ भनेको छौ तर नेप्सेले स्पष्ट जानकारी दिएको छैन उनले भने सोमवार अवश्य केहि निचोड निस्कनेछ ।
नेप्सेले आइतवार सहित तीन पटक कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या आएको भन्दै कारोबार रोक्का राखेको छ । यद्यपी कारोबार रोक्का राखे पनि अवधि थप गरेर पनि कारोबारलाई निरन्तरता भने दिईरहेको छ । आइतवार पनि विहान ११ बजेर २५ मिनेटपछि बन्द भएको कारोबार २ बजेर १५ मिनेटदेखि पुनः सुचारु भएको थियो । ५ बजेर १५ मिनेटसम्म खुलेको बजारमा रू. ३ अर्ब ३७ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । आइतवार प्राविधिक अवरोध पछि खुलेको बजार १६ दशमलव ५६ अंकले माथी उक्लिएर १ हजार ५३७ दशमलव २५ विन्दुमा पुगेको छ ।
नेप्सेले टिएमएसमा हरेक दिन फरक फरक समस्या देखापरेको बताएको छ । एउटा समस्या समाधान ग¥यो अर्को फरक समस्या आईपर्छ नेप्सेका एक उच्च अधिकारीले भने एक पछि अर्को समस्या देखा परिरहेकाले आगामी दिनमा यस्ता समस्या नदोहोरिन वाईको टिम र नेप्सेको आइटी टिम प्रयासरत रहेको जानकारी दिए ।
टिएमएसको समस्याबाट आजित भएका लगानीकर्ताहरुले भने दिर्घकालिन समाधानको बाटो पहिल्याउन सुझाव दिएका छन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले शेयर बजारमा भविश्य देखेर लगानी गरिरहेका लगानीकर्ताहरुलाई ठुलो धोका भैरहेको बताएका छन् । अन्तराष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि भनेर व्याख्या गरिन्छ , काम भने विश्वसनीय तवरले नभएको उनको ठम्याई छ । अनलाईन कारोबार प्रणालीमा हरेक दिन जसो प्राविधिक समस्या आउँदा कारोबार गरिरहेका लगानीकर्ता आजित बनेको भन्दै दिर्घकालिन समाधाननको बाटो पहिल्याउन फुल्लेलले सुझाब दिएका छन् ।
प्रतिक्रिया दिनुहोस