
काठमाडौं । मेटलाइफले बीमा सम्बन्धी सेवा र सुविधालाई थप सजिलोसंग पहुँच बढाउन र आफ्नो बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ । मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइल मार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने छ । डिजिटल थिम अन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजीश्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भच्र्वल कार्यक्रममार्फत उक्त एपको अनावरण गरेका थिए ।
मेटलाइफ नेपालको ग्राहक सेवा एप दुबै IOS App Store/ Andriod Google Play Store बाट निशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ । एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रिमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी पाउन सकिन्छ ।
ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन। मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ ।
नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन । कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन। उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन्। उक्त एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जस अन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन्।
मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजीश्रेष्ठले बताए, “मेटलाइफ नेपाल ग्राहकहरुका लागि आफ्नो डिजिटल क्षमता विस्तार गर्न प्रतिबद्ध रहेको छ ताकि उनीहरूले घरमा बसी कुनै पनि समयमा हाम्रा सेवाहरू प्रति पहुँच राख्न सक्नेछन्। महामारीको यस समयमा हामीले आफ्नो सेवा जारी गरिरहेको र यसैबीच ग्राहक सेवा एपलाई नेपालमा सुचारु गरेका छौँ । यस समाधानको साथ हामी हाम्रो ग्राहकहरूको जीवन अझ सरल र सजिलो बनाउन सक्षम हुनेछौं। हाम्रा ग्राहकहरूको लागि डिजिटल अनुभव सुधार गर्न कार्य गरिरहनेछौं ताकि घरमै बसीग्राहकहरूले हाम्रो सेवाहरूमा पहुँच राख्न सक्नु हुनेछन्। ।”
प्रतिक्रिया दिनुहोस