aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना बीमाः १ लाख रुपैयाँको अब २५ हजारमात्रै पाउने, भदौ २८ सम्म पुरानै व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
कोरोना बीमाः १ लाख रुपैयाँको अब २५ हजारमात्रै पाउने,  भदौ २८ सम्म पुरानै व्यवस्था

काठमाडौं । अब एक लाख रुपैयाँको कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गरेर कुल बीमाङ रकमको २५ प्रतिशतमात्र पाउने व्यवस्था गरेको हो । 

मापदण्ड संशोधन पनि अब व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क तिर्ने र र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन् । यसअघि कोरोना पुष्टि भएमा एक लाख रुपैयाँ पाउने व्यवस्था थियो । 

बीमा समितिले गरेको नयाँ संशोधन पछि ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने व्यवस्था मापदण्डले गरेको छ । आज सोमबारदेखि लागू हुने गरी बीमा समितिले मापदण्ड संशोधन गर्दै कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा नगद भुक्तान गर्ने गर्ने गरी कोरोना मापदण्ड संशोधन गरिएको हो । 

पीसीआर पोजेटिभ रिपोर्ट आउने वित्तिकै २५ प्रतिशत भुक्तानी दिइन्छ, बाँकी ७५ प्रतिशतसम्म रकम औषधि उपचारमा भएको खर्चको बिलका आधारमा अर्थात बिल बराबरको भुक्तानी दिइने छ । 

संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल भने भुक्तानी नहुने समितिले जनाएको छ । भदौ २८ अघि जारी गरिएका बीमा लेखमा भने पुरानै व्यवस्था लागू हुने छ । अर्थात सो मिति अघि बीमा गरेकालाई पीसीआर पोजेटिभपछि पूर्ण रकम १ लाख वा ५० हजार) नै भुक्तानी हुनेछ । 

बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो । बीमाको प्रिमियम थोरै भएको बीमा गर्ने बढेसँगै समितिले मापदण्ड नै संशोधन गरेको हो ।  

कोरोना बीमा मापदण्ड परिवर्तन, एकल बीमा पोलिसी विक्री बन्द (नयाँ मापदण्ड सहित)

 

प्रतिक्रिया दिनुहोस