aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राधिकरणमा कुलमान बाहिरीएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
प्राधिकरणमा कुलमान बाहिरीएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिए हो । प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकमध्ये कोइराला सबैभन्दा वरिष्ठ कर्मचारी हुन। गत आइतबार कुलमान घिसिंगको ४ वर्षेकार्यकाल सकिएपछि रिक्त रहेको पदमा कोइरालाई नियुक्त गरिएको हो । 

वरिष्ठतालाई समेत ख्याल गरेर आज मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्राललयले जनाएको छ ।  अर्को व्यवस्था नहुन्जेलसम्मका  लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो । 

प्रतिक्रिया दिनुहोस