aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सामसङको दशैं तिहार अफर, ३५ प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
सामसङको दशैं तिहार अफर, ३५ प्रतिशत छुट

काठमडौं । विश्वमा लोकप्रिय इलेक्ट्रोनिक्स् ब्राण्डका रुपमा स्थापित सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दैे सामसङका उत्पादनहरुले आफ्ना ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन, सामसङले यस अफर प्रस्तुत गरेको हो । यस ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर अन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स् उत्पादनहरुमा अधिकतम ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ । यस ३५ प्रतिशतसम्मको छुट ग्लोबल नं १ सामसङ टिभि, रेफ्रिजेरेटर र वासिङ्ग मेसिनको खरिदमा लागू हुनेछ ।

बदलिंदो परिस्थितिलाई मध्यनजर गर्दै सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको छ । सामसङले टिभिहरुमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टी प्रदान गरेको छ । त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजिमा १० वर्षको वारेन्टी रहेको छ । निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा पनि रहेको छ । 

यो फेस्टिभ अफर आश्विन १ गतेदेखि  कात्र्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर सामसङका आधिकारिक डिस्ट्रीब्युटर हिम इलेक्ट्रोनिक्स् प्रा.लि.र त्रिवेणी व्यापार प्रा.लि. द्वारा आफ्ना डिलरहरु मार्फत लागू गरिएको छ । 

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत् नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस