
नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति (एक्वीजिशन) गर्ने प्रस्ताव पारित गर्न अगामी असार ६ गते विशेष साधारण सभा बोलाएको छ ।
बैंकले जेठ २० गते बसेको बैठकबाट विशेष साधारण सभा असार ६ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गर्ने निर्णय भएको हो ।
बैंकले फाइनान्सलाई एक्वीजिशन गर्ने प्रयोजनको लागि जेविल्स फाइनान्सको चलअचल सम्पत्ति तथा दायित्व मूल्याङ्गन प्रतिवेदन (डीडीए) गर्न लेखा परिक्षक मूल्याङ्कन कर्ता नियुक्ती सम्बन्धमा पनि छलफल गर्ने तयारी गरेको छ ।
एक्वीजिशन पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । एक्वीजिशन सम्बन्धी सम्पुर्ण प्रस्तावहरु पनि साधारण सभाबाट पारित हुनेछ।
विशेष साधारण सभा प्रयोजनको लागि बैंकले जेठ २९ गते बुकक्लोज गर्ने जनाएको छ । त्यसअनुसार जेठ २८ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १०० बराबर ३३ को अनुपातमा एक्वायर गर्ने भएको हो ।
जेविल्स फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब साढे २७ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस