aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधि मार्फत आजदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसैबर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ । 

सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटा अल्ट्रोजको सुरुवाती मुल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै सिप्रदीले आजदेखि नेपालभरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ । 

टाटा अल्ट्रोज(अलफा) अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फस्ट,  ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन । 

उक्त कार्यक्रममा बोल्नुहुदैँ टाटा मोटर्सका प्यासेन्जर भेहिकल – इन्टरनेसनल बिजनेस हेड सुजन रोयले भने, “अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै आजबाट हामीले प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात गरेका छौं । प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पु¥याउनेमा हामी ढुक्क छौं । साथै अबका दिनमा अझै सोरुमहरुको बिस्तार गरी नेपालमा नयाँ प्रोडक्ट पोर्टफोलियो बिस्तार गरिनेछ र अबका दिनमा हामी मागको प्रकृतिअनुरुप नयाँ प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै जानेछौं ।”   

साथै उक्त कार्यक्रममा बोल्नुहुदैँै सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अब हामी अर्को चरणमा प्रवेश गरेका छौं । यो हाम्रो लागि महत्वपूर्ण चरण हो किनकि हामीले नयाँ इन्डष्ट्रिज बेन्चमार्क सेट गरेका छौं । नयाँ मोडलका गाडीहरुले क्लास लिडिङ्ग डिजाइन, सुरक्षित, प्रबिधियुक्त र ड्राइभिङ्ग डाइनामिक्सलाई पुनःपरिभाषित गर्दछ । त्यसैले गर्दा हामी हाम्रा ग्राहकको माग र रुचि अनुसारका नयाँ उत्पादनहरु सार्वजनिक गर्दै लैजानेछौं । ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख उदेश्य हुनेछ ।”

यस गाडी विविध किसिमका सुविधा र विशेषताहरुले भरिपुर्ण रहेको छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पि.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्दछ । साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्रि डिजाइन खुल्ला र फराकिलो रहेको छ । यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । 

आइडल स्टप÷स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगाएतका अति उत्कृष्ट बिशेषताहरु रहेका छन । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा ए.बि.एस, इ.बि.डि., सि.एस.सि. र डुवल एअरब्यागहरु रहेका छन् ।   


 

प्रतिक्रिया दिनुहोस